नजिकै एउटा मार्ट छ। बेलुका संधै एउटी तरुणी बसेकी हुन्छिन। हिजो नाम सोधे, दिपा रहेछ।
विवाह भएजस्तो लाग्छ, तर कहिले फुच्ची नै जस्तो भान हुन्छ।
त्यो पसलमा गएदेखि नै उनी फ्र्याङ्क थिइन। मलाई त्यो केटी साह्रै क्युट लागेकी, सायद त्यो फ्र्याङ्क भएर पनि होला।
उसको जिउडाल हेर्दा ३०-३१ वर्षकी जस्ती लाग्छ। जसरी पनि म भन्दा ठूली, दिदी भन्नुपर्ने।
आजभोली दिनदिनै मात्र उससंग हुने छोटा कुराकानी गर्न भएनि उसको पसलमा जाने गर्छु। बेलुका ८ बजे तिर पसलमा खासै कोही हुन्नन। उनि गफ ठोकिहाल्छिन् ।
आजभोली म उनी तिर अलिक आकर्षित भएको छु। उनको माथिल्लो ओठको कोठी पनि राम्रो लाग्न थालेको छ। उनी हास्दा गालामा पर्ने सानो डिम्पल क्युट लाग्न थालेको छ। उनको गफ सुनिरहुँ जस्तो लाग्छ।
पहिले कहिल्यै त्यसरी सोचेको थिइन, तर उनको अनुहार देख्दा पनि बढो आनन्द आयो।